काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।
‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ ।
नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।
उनले अहिले अर्थमन्त्रालयमा अर्थशास्त्री नै नरहेको पनि बताए । उनले जनयुद्धका नाममा साम्प्रदायिक विद्वेष र पहिचानको राजनीतिका नाममा झगडा फैलाउनेहरूलाई जनताले असफल पारेको दावी समेत गरे । मधेस उल्टिएर एमाले भएको भन्दै पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि परेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend