Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह निर्वाचनका लागि कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन


    शनिबार, चैत्र २६ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ । 

    स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।

    कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार