Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओलीको कटाक्षः प्रचण्डका भाइ राष्ट्रियसभामा नियुक्त हुनु नातावादको पराकाष्ठा 


    शनिबार, चैत्र २६ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् । 

    अध्यक्ष ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए । 

    उनले भने, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार