Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धमाधम वाल श्रममुक्त वडा बनाउँदै तुलसीपुर उपमहानगर


    शुक्रबार, चैत्र २५ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  दाङ।तुलसीपुर उपमहानगरपालिकामा दुई वटा वडा बालश्रमक मुक्त भएका छन् । ६ नम्बर र २ नम्बर वडा बाल श्रममुक्त भएका हुन् ।

    अब अन्य वडालाई पनि बालश्रम मुक्त गर्ने तयारी भइरहेको छ । वडा नम्बर २ लाई बिहीबार औपचारिक कार्यक्रम गरी बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर २ बालश्रममुक्त वडा घोषणामा नगरको दोस्रो वडा वनेको हो । 

    यसअघि वडा नम्बर ६ लाई बालश्रम मुक्त गरिएको थियो । जिल्लामै पहिलो वडाको रूपमा तुलसीपुर ६ बालश्रम मुक्त वडा बनेको थियो । नगरलाई बालश्रम मुक्त घोषणाका लागि वडा नम्बर १, १७ र १८ मा प्रक्रिया अघि बढिसकेको नगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् । उनले अबको केही दिनमा नै १ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणको तयारी गरिएको छ । 

    सरोकारवालले सबैको सहयोग बालश्रममुक्त अभियानले सार्थकता पाउने बताए बालश्रममुक्त वडा घोषणा गरे पनि बालश्रममुक्त हुनका लागि सबै समुदायको सहयोग आवश्यक हुने भन्दै सरकार एक्लैको प्रयासले बालश्रम अन्त्यको अभियान पुरा हुन नसक्ने उल्लेख गरे । 

    नगरप्रमुख घनश्याम पाण्डेले बालश्रममुक्त र बालमैत्री नगरका लागि नीति बनाएर अघि बढेको बताए । ‘तुलसीपुरलाई बालमैत्री नगर बनाउनका लागि नीति नै बनाएर अघि बढेका छौं,’ उनले भने, ‘बालश्रमको अन्त्य पनि बालमैत्रीका लागि आवश्यक सूचक हो, यसमा आम नागरिकको साथ र सहयोगको आवश्यक छ ।’

    तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले मानव विकासमा वडाले एक खुट्किलो पार गरेको बताए ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार