Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखरा महानगरमा माओवादीको एक महिना नवित्दै अर्को निर्वाचन


    शुक्रबार, चैत्र २५ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । अधिवेशन तोकिएको समयभन्दा तीन महिना ढिलो गरी फागुन १९ गते माओवादी केन्द्रले पोखरा महानगरमा नयाँ कमिटी गठन गर्‍यो । हरिनारायण गिरी (विज्ञान)को अध्यक्षतामा गठित समितिलाई एक पक्षले समर्थन गरे पनि अर्को पक्षले वैधानिकता दिएन ।

    उक्त समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुगांना र हर्कमान बिक चयन भएका थिए । सचिवमा जनक पराजुली, सहसचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यराज तिवारी सर्वसम्मत निर्वाचित भएका थिए ।

    उक्त समितिलाई जिल्लाभित्र कास्कीका इन्चार्ज तथा केन्द्रीय सदस्य राजकाजी गुरुङ समूहले स्वीकार गरेको थिएन । तत्कालीन निर्वाचन प्रक्रियाप्रति असहमति जनाएको टोलीले पुनः निर्वाचनको माग गरेको थियो । 

    शुक्रबार एक महिनापछि पुनः अर्को कमिटी गठन भएको छ । पहिलेकै अध्यक्ष विज्ञानको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । गिरीले ३९ मत ल्याउँदा उनको निकतम प्रतिस्पर्धी शिवजी लामिछानेले ३७ मत मात्रै पाए ।

    अहिलेको कमिटीको उपाध्यक्षमा भानुभक्त अधिकारी र हर्कमान विक दोहोरिएका छन् । पुष्प अधिकारीलाई विमला पहारीले रिप्लेस गरेकी छन् ।

    विमला यसअघि सहसचिवमा निर्वाचित भएकी थिइन् । उपाध्यक्षमा हर्कमानले ४५, भानुभक्तले ४३ र विमलाले ४२ मत पाए । निकटतम प्रतिस्पर्धी लक्ष्मीप्रसाद सुवेदीले २७ र हरि भण्डारीले ४० मत पाएका थिए ।

    सचिवमा सचिव जनक पराजुली नै दोहोरिएका छन् । पराजुलीले ४० मत पाउँदा प्रतिस्पर्धी विपिन आचार्यले ३६ भोट पाए । 

    यस्तै सहसचिवमा ईश्वरी लम्साल तथा कोषाध्यक्षमा बुद्धिमाया गुरुङलाई निर्वाचित गरिएको छ । लम्सालले ४५ मत ल्याएका हुन् भने प्रतिस्पर्धी सविन जिसीको ३१ मत छ । 

    कोषाध्यक्षमा गुरुङको ३९ मत आउँदा निकटतम प्रतिस्पर्धी सूर्यप्रसाद तिवारीको ३४ भोट आएको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार