Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो: केपी ओली


    शुक्रबार, चैत्र २५ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् ।

    काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् । 

    ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार