Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपाल बन्यो चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल, हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति


    शुक्रबार, चैत्र २५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल नावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बनेको छ ।

     राप्रपा नेपालले आफ्नाे उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ ।  

    राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ । 

    यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने उल्लेख गरेको छ ।  

    राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ । 

    नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएको जिकिर गर्दै  राप्रपा नेपाल मात्रै आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएकाले भोट दिइनुपर्ने जिकिर गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार