Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् पदबाट राजीनामा


    शुक्रबार, चैत्र २५ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।  

    नेपाली बैंकहरुकै पहिलो महिला सीईओ खुञ्जेलीकाे कार्यकाल सकिन करिब एक महिनामात्रै बाँकी रहेका बेला उनले पदबाट राजीनामा दिएकी हुन् ।

    स्रोतका अनुसार पहिलो कार्यकाल यही चैत मसान्तमा सकिएसँगै दोस्रो कार्यकालमा दोहोरिन चाहेकी उनलाई सञ्चालक समितिले नमानेपछि उनले राजीनामा दिएकी हुन् ।

    सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार