Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी पीआर लिएका पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त


    बिहिबार, चैत्र २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।  उनी सुरक्षण मुद्रण विकास समिति (सेक्युरिटी प्रेस)का कार्यकारी निर्देशक विकलप्रसाद पौडेलका दाजु हुन् ।

    विकल पौडेललाई गोकुलप्रसाद बाँस्कोटा सूचना तथा संचार प्रविधि मन्त्री हुँदा सुरक्षा मुद्रण विकास समितिको कार्यकारी निर्देशक बनाएका थिए । तिनै पौडेलका दाजु सुनिललाई शेरबहादुर देउवा सरकारले टेलिकमको कार्यकारी निर्देशक बनाएको छ । १० करोड रुपैयाँ बालुवाटारमा डा. आरजु राणालाई बुझाएर पौडेल टेलिकमको कार्यकारी निर्देशक भएको चर्चा छ । सुनिल पौडेल अमेरिकी पीआरधारी हुन् । उनका सबै परिवार अमेरिकामै बस्छन् । सेक्युरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटासमेत पौडेल ७० करोड भ्रष्टाचारमा मुछिएका थिए । 

    विकल पौडेल पनि अमेरिकी पीआरधारी हुन् । विकललाई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरक्षा मुद्रणमा नियुक्त गरेका थिए भने दाजु सुनिललाई हालका प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका छन् ।

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रजातन्त्रवादी संगीता पहाडी अर्याललाई नियुक्त नगरी बोलकबोलमा आरजु राणाले विनियम नै संशोधन गरी सुनिल पौडेललाई नियुक्त गरेकी छन् । पहाडी सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा २०४७ को संविधानका मस्यौदाकार लक्ष्मण अर्यालकी छोरी हुन् । टेलिकमबारेमा ट पनि जानकार नभएका पौडेललाई नियुक्ति गरिएपछि टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिने तयारीमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार