काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमा टेलिकमकै निर्देशक सङ्गीता पहाडी अर्याल, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको नाम पठाइएको थियो ।