Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक: २० देशका लागि राजदूत नियुक्ति सिफारिस


    बिहिबार, चैत्र २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

    स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

    सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको कोटामा राजदूत सिफारिस गरिएको छ । नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिसमा परेकाहरुमा डिल्लीराज पौडेल, मलेसिया शान्ता रिजाल, इजरायल, ज्योति प्याकुरेल, दक्षिण कोरिया, नरेश विक्रम ढकाल कतार छन् । 

    माओवादीको कोटाबाट चीनका लागि बिष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन् भने बासुदेव मिश्र श्रीलंका र दानबहादुर तामाङ दक्षिण कोरियाका लागि सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट कैलाश पोखरेल अष्ट्रेलिया, मिलन तुलाधर रसिया, डिल्लीराज पौडेल मलेसियाका लागि सिफारिस भएका छन् ।

    स्पेनका लागि सिफारिस भएकी शर्मिला ढकाल पराजुली पनि नेकपा समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा राजदूत भएको चर्चा छ । उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओमानका लागि राजदूत नियुक्ति भएकी थिइन् । उनी ओलीलाई दाइ भनेर सम्बोधन गर्थिन् । अहिले खनालको कोटामा उनी परेकी छन् । 
    डेनमार्कका लागि सिफारिसमा परेका प्राडा रामसुरज यादव र साउदीअरबका लागि नवराज सुवेदी  जसपाको कोटामा परेका हुन् । सिफारिस भएका राजदूतहरुको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

    राजदूतका लागि राजनीतिक दलको सिफारिसमा परेकाहरु

    विष्णुपुकार श्रेष्ठ, चीन

    दानबहादुर तामाङ, दक्षिण अफ्रिका

    शर्मिला पराजुली ढकाल, स्पेन

    बासुदेव मिश्र, श्रीलंका

    मिलन तुलाधर, रसिया

    कैलाश पोखरेल, अस्ट्रेलिया

    डिल्लीराज पौडेल, मलेसिया

    शान्ता रिजाल, इजरायल

    ज्योति प्याकुरेल, दक्षिण कोरिया

    प्राडा रामसुरज राय यादव, डेनमार्क

    नवराज सुवेदी, साउदी अरब

    नरेशविक्रम ढकाल

    परराष्ट्र मन्त्रालयबाट राजदूतका लागि सिफारिस हुनेहरु 

    घनश्याम भण्डारी

    हरिशचन्द्र घिमिरे

    डोरनाथ अर्याल

    सुशीलकुमार लम्साल

    भरतकुमार रेग्मी

    निर्मलराज काफ्ले

    दुर्गाबहादुर सुवेदी

    तिर्थराज वाग्ले

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार