Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको घटनाबारे छानबिन गर्न समिति गठन


    बिहिबार, चैत्र २४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बैंककबाट काठमाडौं उड्ने क्रममा रहेको बेला शुक्रबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । 

    निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन टोली गठन गरेको बिहीबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

    ‘निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पाङ्ग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पाङ्ग्राहरु कतार एयरवेजको विमानमार्फत शनिबारको उडानबाट पठाई आइतबार बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।’

    विमानमा समस्या आएपछि यात्रुलाई चार दिनपछि काठमाडौं ल्याएको विज्ञप्तिमा जनाइएको छ । 

    निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो । त्यस्तै मर्मत सम्पन्न भएको उक्त विमान निगमको नियमित उडानको रुपमा बुधबार काठमाडौं अवतरण गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार