Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनता प्रगतिशिल एक्लै चुनावमा भिड्ने: त्रिपाठी


    बिहिबार, चैत्र २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पार्टीसँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन् ।

    उनले कुनै पनि पार्टीमा वैचारिक बहस नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।

    उनले राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भएपनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलिय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे ।

    मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र संकटमा परेकोले दलहरुले समयमै विचार नपु¥याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

    ‘देशका अधिकांश राजनैतिक दलहरुले समाजका विविध वर्गलाई आफ्नो आधारभूत वर्गको रुपमा अंगालेको देखिन्छ । केही सर्वहाराको प्रतिनिधित्वको दावी गर्छन् । कोही सहरीया मध्यमवर्गको प्रतिनिधि पात्रको रुपमा उपस्थित छन् । आधुनिक नेपाली राज्य स्थापना भएदेखि देशको कुल जनसंख्याको ६५ प्रतिशत भन्दा बढी किसानको हकहितको प्रतिनिधीत्व पाइँदैन । किसानलाई इमान्दार करदाता र भलादमी मतदाताको रुपमा दल र राज्यले लिएको छ’ त्रिपाठीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार