Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशका कांग्रेस कोइराला समूहकाे बैठक, स्थानीय निर्वाचनबारे ठोस धारणा आउने अपेक्षा


    बिहिबार, चैत्र २४ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहकाे निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेकाे छ । अहिले उक्त समूहको बैठक बर्दिबासस्थित गौतम होटलमा चलिरहेको छ । 

    निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने सहभागी एक नेताले बताए ।

    कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालका अनुसार बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा नै केन्द्रित हुनेछ ।

    बैठकमा पूर्वमन्त्री रामसरोज यादव समेत सहभागी छन् । कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेकाे नेता विनोद खनालले जानकारी दिए ।

    मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ ।
    सिरहामा समानान्तर कमिटीबाट रामसुन्दर चौधरी सभापति छन् । 

    कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्नु नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।

    मधेश प्रदेशको यो बैठकले पनि आसन्न निर्वाचनमा कोइराला समूह कसरी परिचालन हुने भन्ने विषयमा छलफल अगाडि बढाइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार