Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख


    बुधबार, चैत्र २३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

    मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ । 

    स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । 

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार