हेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका-१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।
केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द भएको हुँ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेद्वार रहेका न्यौपानेले आफू तत्कालीन एमालेभित्रकै घातका कारण पराजित हुनु परेको बताउँदै आएका छन् । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०४३ मा आधुनिक राष्ट्रिय मावि, हेटौंडामा अनेरास्ववियूमा संलग्न भई राजनीतिक यात्रामा लागेका हुन् ।नेता न्यौपानेले मकवानपुर बहुमुखी क्याम्पसमा २०४४/०४५ मा प्रारम्भिक कमिटीमा आबद्द, २०४६ मा नेकपा मालेको हेटौंडा नगरको एक्टिभ ग्रुपको सदस्य, २०४७ मा नेकपा मालेको हेटौंडा नगर कमिटीको सचिव, २०५२ मा युवासंघको जिल्ला सचिव, २०५४ मा पिपुल्स भोलिन्टियर्सको नारायणी अंचल संयोजक, २०५५ मा प्ररायुसंघको मकवानपुर जिल्ला अध्यक्ष भई जिम्मेवारी पूरा गरेका थिए ।
पछिल्लो समय एमाले मकवानपुरमा जिल्ला सदस्यमा रहेका न्यौपानेलाई पार्टी प्रवेश गराउँने कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेल, पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेल,पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेल लगायतको सहभागिता थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend