Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा थपिए १३ कोरोना संक्रमित


    बुधबार, चैत्र २३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

    सोही अवधिमा ५७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या ७ सय ६५ रहेको छ । पछिल्लो २४ घन्टामा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार