Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले थप ३२५ मेगावाट विजुली भारतमा बेच्ने


    बुधबार, चैत्र २३ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् ।

    १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

    त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५१ मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको स्रोतको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार