Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल बारको मतगणनाः गोपालकृष्ण घिमिरेको समूहले दोब्बर मतले अगाडि


    मंगलबार, चैत्र २२ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौैं । नेपाल बार एशोसिएसनको चैत १९ गते भएको निर्वाचनको मतगणना कार्य आजबाट सुरु भएको छ । ३५ मतदान केन्द्रबाट मतपेटिका सोमबार आएपछि आजबाट भएको मतगणनामा गोपालकृष्ण घिमिरेको समूह दोब्बर मतका साथ अगाडि देखिएको छ । डेमोक्रेटिक लयर्स एशोसिएसन(डीएलए), गणतान्त्रिक कानुन व्यवसायी संगठन र समाजवादी लयर्स एशोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले प्रारम्भिक चरणको मतदानमै दोब्बर मतले अग्रता हासिल गरिसकेकाले एमाले निकट पीपीएलएका विष्णुमणि अधिकारीको समूह बारमा फराकिलो मतान्तरले पराजीत हुने भएको छ ।

    मतगणनाको रुझान हेर्दा पीपीएलए बारमा पत्तासाफ हुने देखिएको छ । नेपाल पत्रकार महासंघको गतबर्ष सम्पन्न निर्वाचनमा जसरी एमाले निकट प्रेस चौतारी सून्य भएको थियो, त्यही अवस्था बारमा हुने प्रारम्भिक मतगणनाको रुझानबाट देखिएको छ ।

    १ हजार २ सय ४६ मतगणना गर्दा अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले ७ सय ७७ मत प्राप्त गरेका छन् । अर्का अध्यक्षका उम्मेदवार बिष्णुमणि अधिकारीले ३ सय ७२ मत पाएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खडा गरेको समूहका पृथ्वीमान राईले १३ मत प्राप्त गरेका छन् ।   १२ सय ४६ मत गणना गर्दा ४ सय ५ मतान्तरले घिमिरेको समूहले अग्रता हासिल गरेकाले एमाले निकट पीपीएलएका उम्मेदवार अधिकारी ५० प्रतिशत भन्दा बढी मतले पराजीत हुने संकेत देखिएको छ ।

    गठबन्धनकै तर्फबाट बागमती प्रदेशबाट उपाध्यक्षका उम्मेदवार हर्क रावलले ७ सय ९२ मत पाएका छन् । उनी समाजवादी लयर्स एशोसिएसनका उम्मेदवार हुन् । बागमती प्रदेशमा पीपीएलका उपाध्यक्षका उम्मेदजार डिल्लीराम मैनालीले ३ सय ४९ मत पाएका छन् । रावल पनि दोब्बर मतले अगाडि देखिएका छन् । महासचिवमा भने गठबन्धनका उम्मेदवार अन्जिता खनाल र पीपीएलएका केदार कोइरालाको मतान्तर अध्यक्ष र उपाध्यक्षको तुलनामा कम छ । खनालले ६ सय ९७ मत पाएकी छन् भने कोइरालाले ४ सय ४३ मत प्राप्त गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार