काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्रीको भारत भ्रमणबाट फकिँदा अनुमतिविना जहाजभित्रै अन्तरवार्ता र प्रत्यक्ष प्रसारण गरेपछि काउन्सिलले धमलालाई २४ घन्टाभित्रमा स्पष्टिकरण दिन निर्देशन दिएको हो।
चैत २० गतेको जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो । सो कार्यक्रममा देउवा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ ।
