काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् । काठमाडौं उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।
मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने बताइन् । उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।
‘काठमाडौं उपत्यकामा धेरै भिडभाड बढ्यो । यसको विकल्पका रूपमा निजगढलाई एरो सिटीका रूपमा विकास गर्नुपर्छ । यसका लागि आवश्यक काम तत्काल सुरु गर्नुस्,’ उनले भनिन् । निजगढ विमानस्थलमा तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक, पूर्व पश्चिम रेलमार्गसमेत जोडिने भएकाले यसले काठमाडौं उपत्यकामा बढिरहेको सहरीकरणको चाप पनि घटाउने बताइन् ।
साना-साना खुद्रे योजनामा बजेट छुट्याउने नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् ।
नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने बताइन् ।
मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले यस पटकको बजेट तथा नीति तथा कार्यक्रमलाई विगतमा भएका त्रुटिलाई सच्याउँदै अनावश्यक कार्यक्रम थप्न नहुने बताए । उनले मन्त्रालयले सञ्चालन गरिरहेका राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाए पनि भ्यु टावरजस्ता अनावश्यक कार्यक्रममा बजेट थप्न नहुनेमा जोड दिए ।
सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । यद्यपि यी मन्त्रालयलाई हाल ७४ अर्बको बजेट आवश्यक रहेको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend