Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाबरले ल्यायो “रियल पेट”


    मंगलबार, चैत्र २२ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । फ्रुट जुसको विधामा बजार अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध हुनेछ ।

    श्री एचएस बेदी, डाबर नेपालका व्यवसाय प्रमुखले भने, “नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज हो ।”

    श्री अभय प्र. गोर्खाली, डाबर नेपालका मार्केटिङ्ग प्रमुखले भने– “ रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतल प्रतिको लगाव ज्यादै उच्च थियो ।” उनले भनेका छन्  “बजार अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुप– पेट  बोतल मार्फत पारखी नेपाली उपभोक्ताहरुको मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु हाम्रो दायित्व पनि हो । आकर्षक मूल्य र गुणस्तरीय उत्पादनको साथ प्रस्तुत गरिएको रियल म्याङ्गो पेटका साथ हामीले बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्स (जो त्यति स्वास्थ्यवद्र्धक मानिदैन) को केही मार्केट शेयर लिने लक्ष्य लिएका छौं । ”

    रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ र यसलाई अन द गो मै हुने युवाहरु प्रति लक्षित गरिएको छ । सिने जगतको प्रख्यात अभिनेत्री आँचल शर्मा र चिर–परिचित गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्राण्डले सेलिब्रटी अनुमोदनकर्ताको रुपमा लिएको छ ।

    नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु. १५० मा बजारमा उपलब्ध छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार