Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड


    मंगलबार, चैत्र २२ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए । 

    फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए । 

    ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले  भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार