Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा म्यादी प्रहरीको कोटा थप, लिखितमा फालिएका १२४ जनालाई अन्तर्वार्ताका लागि बोलाइयो


    सोमबार, चैत्र २१ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तीममा आएर कोटा थप गरिएको हो । 

    प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए । 

    सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पीकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए ।

    उनले भने,‘हामीले लिखित परिक्षामा ल्याएको नम्बरका आधारमा उनिहरुलाई अन्तरवार्ताका लागि बोलाएका छौँ । यसअघि लिइएको अन्तरवार्ताको नतिजा र भोली लिइने अन्तरवार्ताको नतिजा एकै पटक अन्तीममा प्रकाशित गर्ने छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार