Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८५ हजार घुससहित गाउँपालिकाका सुचना अधिकारी पक्राउ


    मंगलबार, असार ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा तथा सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले मंगलबार नायब सुब्बा सिद्धराज जोशीलाई पक्राउ गरेको हो।

    अख्तियारले उनले तालिम सञ्चालन गर्न गाउँपालिकाबाट बजेट दिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको जनाएको छ।

    अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले हिजो घुस लिएको रकम कार्यकक्षमै छोडी फरार रहेका जोशीलाई आज दिउँसो पक्राउ गरिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार