यसरी भेटिएका संक्रमितमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा १ जना छन् ।
पछिल्लाे २४ घण्टामा देशभर १ सय १६ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा ३४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १० हजार ३ सय २८ पुगेकाे छ ।
हाल ६ हजार ६ सय ९५ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा छन्।
मंगलबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।