बिशाल बस्नेत
महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।
आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।
माओवादी केन्द्र सविधान र संघियताको रक्षाको लागी निरन्तर लागीपरेको वताउदै अध्यक्ष प्रचण्डले भने ` केपी गुठले सुरु गरेको प्रतिगमनलाइ त अन्त्य गर्यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।´

अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उन्को जिकिर छ ।
मधेश प्रदेशमा मुख्य समस्याको रुपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकीरहेको अध्यक्ष प्रचण्डको दावी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री सेर वहादुरसग पटक-पटक छलफल भएको बताउदै सकेसम्म चाडै टुंग्याउनेतर्फ उन्मुख भैइरहेको उन्ले वताए ।
अहिले देशमा माओवादीको नितिअनुरुप संघियता कार्यान्वयन भैइरहेको बताउँदै उनले भने ` जस्को नीति त्यस्को नेतृत्व नहुँदा तपाइहरुलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौ ।´
प्रतिगमन र प्रतिक्रियावादीहरुलाइ परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरु अझै माओवादीलाइ सिध्याउन लागीपरेको वताउदै उनले भने ` जनयुद्धको बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थपना हुनु उस्तै भएको बताउथे ।´
१० बर्षसम्म जनयुद्धले गरेको प्राप्तीहरुलाइ समाप्त पार्न कतिपय थुप्रै पटक लागीपरेतापनी त्यो परिकल्पना पुरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रती संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागीपरेकाहरुलाई बालुवाटारवाट बालकोट पुर्याएको वताए ।
घर-घरमा सिंहदरवारको परिकल्पनाअनुसार नै गाउँ -गाउँमा स्थानिय सरकार भएको वताउदै जस्को निति त्यसैलाई नेतृत्व प्रदान गर्नपनी अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।
माओवादी सधैभरी दु:ख, सु:खको साथी भएको वताउदै उन्ले माओवादीहरुले नेतृत्व गरेको देशैभरीका पालिका उत्कृष्ट रहेको दावी गरे । सवैधानिक अंगहरुले गरेको एक मुल्यांकन अनुसार उत्कृष्ट ५ मध्य ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उन्को भनाइ छ ।
कतिपय गठबन्धन भत्काउन लागीपरेपनी त्यो प्रयास असफल भएको अध्यक्ष प्रचण्डले खुलासा गरे ।` कतिपय गठबन्धन भत्काउन लागीपरेका थिए तर हामीले सफल हुन दिएनौं´ उन्ले भने ।
अध्यक्ष प्रचण्डले आज महोत्तरीको बर्दिबास स्थित खयरमारामा सहिदपार्कको शिलान्यास र निर्मल लामा बहुप्रावधिक सिक्षालयको ४१ कोठा भएको भवनको उदघाटन र गौशाला नगरपालिकामा मालपोत कार्यालय, नापी कार्यालय र नगरपालिकाको प्रशासकिय भवनको उदघाटन गरेका थिए । /न्युजकारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend