काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर १ सय १६ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकार् ४ हजार ३ सय ६१ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ। काठमाडौैं उपत्याकामा भने २ जना संक्रमित पाइएकाे छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ३४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १० हजार ३ सय २८ पुगेकाे छ ।
हाल ६ हजार ६ सय ९५ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा छन्।
मंगलबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।