सप्तरी । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद् लडाइँ गर्नु पर्ने अवस्था आएकाे बताएका छन् ।
सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्यक्ष यादवले भने, ‘जबसम्म देशका सबै जनतालाई समान अधिकार र व्यवहारको वातावरण बन्दैन तबसम्म संघर्ष जारी रहन्छ ।’
विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकोले यसलाई जराबाटै उखेल्नु पर्नेमा जोड दिए । उनले एकै दिन जिल्लाका चार वटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा थप दुई सडक र क्षेत्र नम्बर १ मा दुई वटा सडकको शिलान्यास गरेका हुन् ।
राजविराज नगरपालिका वडा नम्बर-१० स्थित पूजापाठ गरी दिघबा-बिरौल-डुमरी-भरुवा-झल्हीफर्सेठ-सिगियौंन-तिलाठी-चट्टी टोल-लोखरम-लालापट्टी सडकको उनले शिलान्यास गरे ।
उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जेएस आइभी कन्सट्रक्सनसँग उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।
यसैगरी महदेवा गाउँपालिका वडा नम्बर-१ पकरीदेखि-सोनरा-तोपा हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ-विषहरिया सकरपुरा हुँदै रम्पुरा-डलवासम्मको सडक समेत शिलान्यास गरेका छन् ।
उक्त सडकको शिलान्यास तोपामा अध्यक्ष यादवले पूजापाठ गरी शिलान्यास गरेका हुन् । उक्त सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।
यस्तै संघीय सरकारको रणनीतिक सडकअन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गरेका हुन् ।
राजविराजदेखि भारदहसम्म दुई लेनको रूपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताए ।
संघीय सरकार र मधेश प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत निर्माण हुने सडक खण्ड शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक योजना तथा पूर्वाधार यातायात योजना मन्त्री रेणुकुमारी यादव, संघीय सांसद डा. सूर्य नारायण यादव, मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सांसद मनिशकुमार सुमन राजविराज नगरपालिका मेयर शम्भु यादव, मधेश प्रदेश आम मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, सदस्य अमरेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend