पोखरा । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि वडासम्म नै बैठक र कार्यक्रम सुरु भएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय बैठक बसेको भोलिपल्ट शनिबार जिल्लास्तरमा बैठक बस्यो भने आइतबारदेखि पालिका हुँदै वडासम्म बैठक हुँदै छ ।
खासगरी गठबन्धनका दलहरूबीचको पारस्पारिक सम्बन्ध विस्तार गर्न र आफ्नो पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्न दलहरुबीच छलफल भएको हो । कांग्रेसले स्थानीय आवश्यक्ताका आधारमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गर्न सक्ने केन्द्रीय समिति बैठकबाट निर्णय गराएको छ । अरु दलहरु पनि अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म लैजाने कसरतमा छन् ।
सरकारमा रहेका पालिकास्तरीय दलहरूबीच आगामी स्थानीय निर्वाचनमा मिलेर जानका लागि छलफल गरिएको हो । केन्द्रीय संयन्त्रले दिएको निर्देशन कार्यान्वयन गर्ने सबै पार्टीहरूले प्रदेश र जिल्लाबाट सहमति जनाइसकेका छन् । जिल्लामा कांग्रेस सभापतिको संयोजकत्वमा सत्ता गठबन्धनमा रहेका दलका अध्यक्षहरू सदस्य रहेको जिल्ला संयन्त्र गठन गरिएको छ ।
बैठकसँगै जिल्लाभित्र रहेका दलहरुबीच सुमधुर सम्बन्ध कायम गर्न गठबन्धन दलभित्रका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एकआपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आफ्ना दलका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको छ । गण्डकी प्रदेशका अधिकांश जिल्ला यसअघि कांग्रेस र माओवादीबीच बढी प्रतिश्पर्धा हुने ठाउँ हो ।
पालिकाको बैठक बसेपछि सोही रिपोर्टका आधारमा सबैजसो जिल्लामा सोमबार जिल्लाको बैठक बस्नेछ । बैठकमा सबै दलका सांगठानिक अवस्थाबारे प्रतिवेदन पेस हुनेछ । त्यसपछि प्रदेशस्तरमा २२ चैतमा बैठक आयोजना गरिएको छ । जिल्लाबाट प्राप्त प्रतिवेदनसहित प्रदेशको अवस्थामा छलफल हुने र एकीकृत प्रतिवेदन केन्द्रमा पठाइने बताइएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend