काठमाडौं । नेपाल आयल निगमले आजदेखि इन्धन आपूर्ति सहज हुने बताएकाे छ ।
व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको भन्दै निगमले आजदेखि इन्धन आपूर्ति सहज हुने जानकारी दिएकाे हाे ।
निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार उपत्यकासहित देशै भरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरिएकाे छ । ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भने ।
काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए ।