सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलकाे ड्याम फुट्दा दुईजना बगेर बेपत्ता भएका छन् । अम्बाथानको गेट नम्बर १७ स्थित गेट भत्केपछि दुई जना कर्मचारी समेत घाइते भएकाे बताइएकाे छ ।
ड्याम मंगलबार दिउँसो फुटेको हाे । घटनाबारे थप विवरण आउन बाँकी छ ।
गत साता मेलम्ची आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै मेलम्ची आयाेजना पूर्ण हुन लागेकाे दावी गरिएकाे थियाे ।