काठमाडौं । भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् ।
नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।
‘पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढाउन जोड दिएका छौं । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।
नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।
‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ । यो राम्रो कुरा हो । यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने ।
मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहिं कतै देख्न नपाइेने दाबी गरे ।
‘हाम्रो सम्भयता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ । सदियौदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टीभिटीमा जोड दिएको उनले जनाए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend