Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपेन्द्रको शतकमा नेपालले मलेसियालाई दियो २२४ रनको विशाल लक्ष्य


    शनिबार, चैत्र १९ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।

    दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो ।

    टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

    दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

    दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

    यस्तै रोहित पौडेलले पहिल टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए ।

    दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

    ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

    आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।

    बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार