Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सलहको झुण्ड रुकुम हुँदै सल्यान जान सक्ने


    मंगलबार, असार ३० २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा रहेको सलह कीराको झुण्ड रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सक्ने प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

    आइतबार प्युठानको स्वर्गद्वारी नगरपालिका आसपासको क्षेत्रमा बसेको सलहको झुण्ड गएराति रोल्पा र प्युठानको बीचमा बसेको केन्द्रको भनाई छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार यो सलहको झुण्ड आज घाम लागे रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सम्भावना छ ।

    यसलाई बालीमा बस्न नदिन ढ्याङग्रो ठोक्ने, थाल बजाउने, धुँवा बाल्ने लगायत ठूलो आवाज निकाल्न सुझाव दिइएकाे छ । ठूलो आवाज निकाल्दा सलहको झुण्ड छिन्नभिन्न हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको भनाई छ ।

    यस्तै यो झुण्ड बाहिरिए पनि अर्को झुण्ड पर्साको वीरगन्ज हुँदै नेपाल पस्ने देखिएकाले सतर्क रहन आग्रह गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार