सुर्खेत। सुर्खेतमा नेपाली कांग्रेस संस्थापन इतरपक्षले आफूलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार शेखर कोइराला समूहको बसेको बैठकले आफूहरुलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको हो ।
सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलामा संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाएको छ ।
पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अब पार्टीभित्र ६०—४० को भागवण्डा हुनुपर्ने समूहको निष्कर्ष निकालेको छ ।
सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले निर्वाचनमा कांग्रेसलाइ विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै आफूहरुको पनि सम्मानजनक उपस्थिति देखाउन अपिल गरेका छन् । ‘पार्टीमा मनोनित गर्ने सवालमा होस् वा भूमिका दिने सवालमा संस्थापन इतर समूहलाई भूमिका विहीन बनाइएको छ ’ उनले भने,‘आगामी स्थानीय तहको निर्वाचनमा पनि यस्तै सम्भावना हुनसक्ने जोखिम बढेकोले अब आफूहरुलाई ४० प्रतिशतको हिस्सा दिनुपर्छ ।’
उनले स्थानीय तहको निर्वाचनमा संस्थापन इतर पक्षलाई पनि बाइपास गर्न सक्ने जोखिम भएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावानी दिए ।
आजसम्म आफूहरुले पर्खेर बसेको भन्दै युवा नेता नारायण कोइरालाले संस्थापन पक्षको गतिविधिले इतर पक्षलाई बेवास्ता गरेको बताए ।
उनले पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठवन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निरासा छाएको बताए ।
पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यसैबीच कांग्रेसका निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताए । ‘सिद्धान्तै नमिल्ने पार्टीसँग काँग्रेसले गठवन्धन गर्नु दुर्भाग्य भएको छ ।’ उनले भने,‘पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको छ ।’
कांग्रेस प्रदेश कार्यसमिति सदस्य शम्भू पन्तले नेताहरुले पार्टी भन्दापदलाई जोड दिएकोले गठवन्धन गर्न खोजेको बताए । ‘गठवन्धन गर्न आवश्यकै थिएन ।’ उनले भने,‘गठवन्धनका नाममा पार्टी सिध्याउने खेल भएको छ ।’न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend