Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठको घुम्ती पसलमा आगलागी हुँदा एक करोड क्षति


    शुक्रबार, चैत्र १८ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुरेश परियार 

    सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठाको एक पसल र एक होटेल जलेर नष्ट भएको छ ।

    नाम्खा गाउँपालिकाको वडा नम्बर ४ का छिरिङ पाल्जोर तामाङको पसलसहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

     २०७८ चैत १८ गते दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा एक करोड २५ लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जनाएको छ ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए ।

    पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य बस्तुलगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार