काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार छलफल हुने भएको छ ।
गत साता बुधबार यी दुईबीच छलफल भएपनि कुनै ठाेस निष्कर्ष निस्कन सकेकाे थिएन । याे बीचमा बाढी तथा पहिराेकाे प्रकाेपका कारण भन्दै नेकपाकाे स्थायी समिति बैठक एक साताकाे लागि स्थगित भएकाे थियाे । स्थायी समिति बैठकसँगै दुई अध्यक्षबीचकाे छलफल समेत राेकिएकाे थियाे ।
पार्टी नै फुट्ने अवस्था आएकाे नेकपा विवादकाे धार पछिल्लाे समय परिवर्तन भएकाे छ । विशेषगरी प्रचण्डले चितवनमा कार्यकर्ता माझ बाेल्दै पार्टी फुट्न नदिने उद्घाेष गरेसँगै नेकपाकाे विवाद मिल्ने दिशामा गएकाे आँकलन गरिएकाे छ ।
यसअघि आफ्नाे सरकार भारतले ढाल्न लागेकाे र त्याे षड्षन्त्रमा आफ्नै पार्टीका नेता संलग्न रहेकाे सार्वजनिक अभिव्यक्ति प्रम ओलीबाट आएपछि पार्टीका वरिष्ठ नेताहरु उनीसँग चिढिएका थिए ।
साेमबार पनि प्रम ओलीले भानु जयन्तीकाे अवसरमा आयाेजित कार्यक्रममा भगवान रामकाे जन्मभूमि बारे टिप्पणी गरेसँगै अहिले त्याे विषयले चर्चा पाइरहेकाे छ । पछिल्लाे समय नेपालकाे कुटनीति कमजाेर भएकाे चर्चाकाबीच आएकाे प्रमकाे यस्ताे अभिव्यक्तिकाे विषयमा समेत दुई अध्यक्षबीच छलफल हुने नेकपानिकट स्राेतकाे दावी छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend