Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवालाई स्वागत गरेको भिडियो राख्दै भारतीय विदेश मन्त्रालयले भन्यो– एक विशेष मित्रको भव्य स्वागत


    शुक्रबार, चैत्र १८ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएका छन् । 

    तीन दिने भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् । 

    ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् । 

    ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् । 

    प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्नेछन् ।

    त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार