काठमाडौं । पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल नगर्नेगरी निर्णय गरेको भोलिपल्ट कांग्रेसका लुम्बिनी सभापतिले गठबन्धनको निर्णयप्रति फेरि गम्भीर प्रश्न उठाएका छन् ।
प्रदेश सभापति अमर पुनले व्यवहारिकता, आवश्यकता र वस्तुस्थितिको राम्रो विश्लेषण नगरिए विद्रोह पनि हुने चेतावनी दिए ।
पुनले भनेका छन्, ‘पाँच हजार मत भएको कांग्रेसले टिकट नपाउने र एक हजार मत हुने अन्य पार्टीले पाए के हुन्छ ? विद्रोह हुँदैन ? मैले नगरे पनि स्थानीय तहका साथीहरूले गर्दैनन् भन्न सकिन्छ ?’
कांग्रेस नेतृत्वको गठबन्धनले मुख्य प्रतिस्पर्धा गर्ने दल भनेको नेकपा एमाले हो ।
गठबन्धनका अन्य दल सशंकित हुनेगरी सभापति पुनले एमालेले कांग्रेसलाई भोट दिने भन्यो भने नदिनु नभनिने बताए ।
‘भोलि गठबन्धनको केन्द्रले स्थानीय तहको आवश्यकता बुझेन र एमालेले सघाउने भन्दै मत दिने भन्यो भने त नदिनु भन्न सकिन्छ ? त्यस्तो सकिँदैन’, पुनले भने ।
तर, गठबन्धनको केन्द्रले गरेको निर्णयलाई स्वीकारिने बताए । उनले आवश्यकता र औचित्यको आधारमा तालमेलको निर्णय गर्नेगरी टुंगोमा पुग्न गठबन्धनको केन्द्रीय नेताहरूलाई आग्रह पनि गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend