Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जामा पहिरोले तीन जना बेपत्ता, एककाे मृत्यु


    मंगलबार, असार ३० २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । लगातार वर्षापछि गएकाे पहिलाेले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका पूर्व गाविस अध्यक्ष ईमानसिंह रानाको ज्यान गएको छ ।

    ७० वर्षका रानालाई माथिबाट झरेको पहिरोले पुरेको थियाे । पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् ।

    घाइते वडा नम्बर ४ का वडा सदस्य होमनाथ पाण्डे र स्थानीय बीरबहादुर रानाको प्राथमिक स्वास्थ्य केन्द्र बिर्घामा उपचार भैरहेको छ । पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    पहिराेमा बेपत्ता भैरहेकाहरुकाे खाेजी जारी रहेकाे स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार