Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने एक जना पुरुष पक्राउ


    बिहिबार, चैत्र १७ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सोलुखुम्बु । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् । उनलाई ३७ वर्षीया आफ्नै श्रीमती मनिला राईको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राती पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार