Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय


    बिहिबार, चैत्र १७ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । 

    काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी  बैठक आज सकिएको हो । बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

    ‘आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ’ उनले भने । 

    बैठकमा नेताहरुले पार्टीलाई फाइदा पुग्ने गरि चुनावमा तालमेल गर्नु पर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार