Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवाको भारत भ्रमण विविध ढंगले महत्वपूर्ण


    बिहिबार, चैत्र १७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल-भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

    उनले न्युज कारखानासँग कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् । ‘कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर, पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्वपूर्ण छ,’ उनले भने ।

    उनले भौगोलिक राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण हत्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार