Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई छुट दिइने छैन ’


    बिहिबार, चैत्र १७ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाति तथा धर्मावलम्बीहरूको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए ।

    उनले भने, “हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरूको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।”

    मन्त्री आलेले नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताए । पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गरे । 

    उनले भने, “म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट दिने छैन ।” 

    नेपाल विश्व हिन्दू महासंघले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार