Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता  


    बिहिबार, चैत्र १७ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ ।

    नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्दति र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको छ ।

    न्यूनतम रु. एक हजारमै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्दतिमा खाता खोल्दाकै बखतको ब्याजदर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्दति निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत् खाता खोल्न सकिनेछ ।

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार