Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २३ अंकले घट्यो नेप्से


    बिहिबार, चैत्र १७ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ ।

    नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

    नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमार्जिङ नेपाल कम्पनी र नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था छन् । 

    इमर्जिङ नेपालको सेयर एक सय ११ रुपैयाँले बढेर एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय १९ रुपैयाँ ९० पैसा बढेर एक हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।  नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९५ रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ ७० पैसा पुगेको छ ।

    सर्किट लागेका कम्पनीले बजारमा ओपनिङदेखि नै दैनिक बढेर सर्किट मूल्यमा कारोबार हुँदै आएको छ। नेप्सेमा बिहीबार २८ कम्पनीका सेयरधनीले  नाफा कमाउँदा एक सय ६४ कम्पनीले कम्पनीका सेयरधनीले गुमाएका छन्।

    बजारमा सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको सेयर कारोबार भएको छ । इमर्जिङ नेपालको नाै करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी नाै करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स सेक्टर एक सय ७६ अंकले घटेको छ भने विकास बैंककाे परिसूचक १०३ अंकले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार