Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपालले पीएनजीलाई दियो २ सय ४ रनको लक्ष्य, डेब्यु गरेका आदिलले ११ बलमा ३१ रन बनाए


    बिहिबार, चैत्र १७ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्‍याे । 

    नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए । 

    त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । 

    यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए । 

    नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार