Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा बढी टुक्रा फेला


    बिहिबार, चैत्र १७ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त  चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ अधिकारीले सो जानाकारी दिएका हुन् । 

    भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले बताए । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको थियो ।  

    खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको थियो ।

    कुन्मिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार