Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न १५ जना पक्राउ


    बिहिबार, चैत्र १७ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । 

    ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ । 

    उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार